२०८३ मंसिर १३, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापा घाइते

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापा घाइते

मंसिर१८ , काठमाडौं ।

काठमाडौंको चपलीमा बम विस्फोट हुँदा कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् । विस्फोटमा अन्य केही घाइते भएका छन् ।

काठमाडौं ४ का उम्मेदवार थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । थापाको कान र ढाडमा चोट लागेको छ ।

विस्फोटमा अन्य केही घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रहरीले भने ४/५ जना घाइते भएको प्रारम्भीक जानकारी आएको बताएको छ ।

विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।