२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१६ दिने अभियानकाे पूर्वसन्ध्यामा दिप प्रज्ज्वलन

१६ दिने अभियानकाे पूर्वसन्ध्यामा दिप प्रज्ज्वलन
सेयर गर्नुहोस्
०सेयर

२०७८ मंसिर ८ गते,धादिङ ।

लैँगिक हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा धादिङबेसीमा दिप प्रज्ज्वालन गरिएको छ । लिंगका आधारमा हुने हिंसा अन्त्य गर्न विविध अभियान संचालन गर्न २१ दिने लैँगिक हिंसा विरुद्धको अभियान संचालन गर्ने गरिएको छ ।

सहयात्री समाज नेपाल, स्थानीय सरकारहरु, इन्सेक, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङ, जिल्ला प्रहरी कार्यालय लगायतका संस्थाहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेको हो ।

विहिबारबाट सुरु हुने लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको नारा 'घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं' तय गरिएको छ ।

द्विप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामु, ज्वालामुखी गाउँ पालिकाका उपप्रमुख जानुका सिंखडा लगायतले उपस्थिति रहेको थियाे ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।