
नेकपा एमाले धादिङले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । एमाले धादिङको ८औं जिल्ला अधिवेशनले भुमी त्रिपाठीको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन गरेको हो । अध्यक्षमा त्रिपाठीको मात्रै उम्मेदवारी परेको थियो । पुस २३ गतेदेखि धादिङबेसीमा जारी अधिवेशनले उपाध्यक्षमा धनबहादुर घलेलाई चयन गरेको छ ।
अर्का उम्मेदवार उमेश कुमार थापा र गंगादेवी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि घले सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै सचिवमा अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) सर्वसम्मत चयन हुनुभएको छ । प्रत्यासी उम्मेदवार हरिराम लोहनीलाई ब्याक गराएर एमालेले गोर्खालीलाई सर्वसम्मत गराएको हो ।
सचिवका दावेदार लोहनी उपसचिवमा चयन ुहनुभएकोे छ । २ जना उपसचिव मध्य राधिका सापकोटा पनि सर्वसम्मत निर्वाचित भएकी छन् । उपसचिवमा निर्वाचित लोहनी र सापकोटा दुबै जना निवर्तमान जिल्ला कमिटी सदस्य हुन् ।
उपाध्यक्षमा निर्वाचित घले संविधानसभा सदस्य हुन् भने सचिवमा निर्वाचित गोर्खाली निवर्तमान जिल्ला कमिटि सचिव हुन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।
