
सार्वजनिक स्थलमा २५ जना भन्दा बढि भेला हुन नपाउने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) ले निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालको अध्यक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
धादिङमा पनि कोभिड–१९ को परिवर्तित स्वरुप ओमिक्रोनको जोखीम बढ्दै गएकाले सुरक्षाका मपदण्ड पूर्ण रुपले पालना गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालले बताउनुभयो । विभिन्न संघ संस्थाहरुद्वारा आयोजना हुने सभा, समारोह, मेला, जात्रा ईत्यादीलाई स्थगन गर्र्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लंसालले बताउनुभयो ।
कोभिड–१९ को निदानलाई प्रभावकारी र व्यवस्थीत पिसिआर र एन्टिजेनको परिक्षणको दायरा बढाई कोरोना संक्रमण देखिएकाहरुलाई अनिवार्य आईसोलेसनमा राख्न स्थानिय तह तथा स्वास्थय कार्यालयलाई अनुरोध गर्ने निर्णेय गरेको छ । खोपको उपलब्धता सहज भएकाले १२ वर्षदेखि माथिका वालवालिकाहरुलाई खोप लगाउन प्रवन्ध मिलाउने समेत निर्ण गरेको छ ।
यस्तै अक्सीजन उपलब्धता सहज बनाउने, औषधीजन्य सामाग्रीको मौज्दात कायम गर्ने, अक्सीजन प्लान्ट, कन्सन्टेटर चालु अवस्थामा राख्न अनुरोध गर्ने लगायतका निर्णयहरु बैठकले गरेको प्रमुख जिल्ला अधिकारी लंसालले बताउनुभयो ।