
धादिङको गजुरी गाउँपालिका स्थित गलौंदीमा हाईवे स्तरीय ब्याडमिन्टन प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ ।
गजुरी ब्याडमिन्टन क्लबको आयोजनामा र गजुरी गाउँपालिकाको सहयोगमा स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
तीन समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए मा १६, समूह बी मा ३२ र भेन्ट्रास तर्फ १६ प्रतियोगि सहभागी रहेको आयोजकले जानकारी दिएको छ । प्रत्येक समूहबाट बिजेता हुनेलाई २० हजार रुपैयाँ , दोस्रो हुनेलाई १० हजार रुपैयाँ र बाँकी तेस्रो र सान्त्वना हुने खेलाडीलाई पाँच पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
उद्घाटन कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताको अन्य सहयोगी संस्थाहरुमा बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का साथै जिल्ला ब्याडमिन्टन संघ, धादिङ रहेका छन् भने मुख्य प्रायोजकमा राज ब्रुअरी प्राली रहेको छ ।
प्रतियोगिता दुई दिन सम्म चल्ने छ । गजुरी ब्याडमिन्टन क्लवकाे आयाेजनामा हुन लागेकाे उक्त प्रतियाेगितामा हाईवेका खेलाडीहरुकाे ५० टिम सहभागी हुने क्लवका सचिव दिपशागर श्रेष्ठले बताए ।