२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका राजेन्द्र विश्कर्माको 'बिराँनो ठाउँमा' को भिडियो सार्वजनिक

धादिङका राजेन्द्र विश्कर्माको 'बिराँनो ठाउँमा' को भिडियो सार्वजनिक

पौष ५, धादिङ ।

लोक गायक राजेन्द्र विश्वकर्माको मर्मस्पर्शी लोक दोहोरी गीत 'बिराँनो ठाउँमा' को भिडियो आज सार्वजनिक गरिएको छ। गुराँस मिडिया प्रा.लि बाट भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा विज्ञान क्षेत्री, सिता तामाङ, रवि भट्टराई, धमेन्द्र श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । राजेन्द्र विश्वकर्मा र देवि घर्तीमगरको सुमधुर आवाजले सजिएको 'बिरानो ठाउँमा' भन्ने बोलको गीतमा राजेन्द्र विश्वकर्माकै शब्द तथा खेम सेन्चुरीले लय भर्नुभएको हो । भिडियोलाई सन्तोष राज श्रेष्ठले छायांकन र धर्मेन्द्र श्रेष्ठले निर्देशन गर्नुभएको हो ।

भिडियो हेर्नुहोस् :

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।