२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शेयर बजार परिसूचक नेप्से घट्यो

शेयर बजार परिसूचक नेप्से घट्यो
सेयर गर्नुहोस्
०सेयर

शेयर बजार परिसूचक नेप्से आज पनि घटेकाे छ । हिजाे बिहीवार झन्डै ६ अङ्कले घटेकाे शेयर बजार आज शुक्रवार २७ दशमलव २६ अङ्कले घटेर दुई हजार १७ दशमलव ४६ विन्दुमा झरेको छ ।

आज सबै समूहकाे शेयर घटेकाेमा उत्पादन, बीमा, विकास बैंक, हाेटल तथा पर्यटन र व्यापार समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।

आज दुई सय १२ वटा कम्पनीकाे ३३ लाख २० हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सप्तकाेशी विकास बैंककाे शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्रमा बजार घटे पनि किसान लघुवित्तकाे शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।