तस्विर : जिल्ला प्रहरी कार्यालय धादिङ
जिल्ला प्रहरी कार्यालय धादिङले अविरल वर्षा तथा बाढि पहिरोमा परेकाहरुको उद्धार सम्बन्धी प्रशिक्षण दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत ३० जना प्रहरी टोलीलाई प्रशिक्षण दिएको हो ।
अविरल बर्षा तथा पहिरो आई घर भत्किई मानविय तथा भौतिक क्षती हुँदा घाईतेलाई उद्धार गरी प्राथमिक उपचार पश्चात अस्पताल सम्म पु¥याउने र क्षतिको विवरण संकलन सम्बन्धी प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।











