२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भदौ २२ गते सार्वजनिक विदा

भदौ २२ गते सार्वजनिक विदा

चेपाङ समुदायको प्रमुख पर्व न्वागीको अवसरमा बागमती प्रदेश सरकारले भदौ २२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ चैत ९ गते गरेको निर्णयानुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा धादिङ, चितवान र मकवानपुर जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा जारी विज्ञप्ति मार्फत भनिएको छ ।

चेपाङहरुहरुको बसोवास रहेको धादिङ, चितवन, मकवानपुर र गोरखा लगायतका जिल्लामा २०५५ सालदेखि हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँदै आएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।