२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विलिभर्स ईस्टर्न चर्च धादिङद्वारा काफलपानीका एकल महिलाहरुलाई जाडोको सामाग्री हस्तान्तरण

विलिभर्स ईस्टर्न चर्च धादिङद्वारा काफलपानीका एकल महिलाहरुलाई जाडोको सामाग्री हस्तान्तरण
सेयर गर्नुहोस्
०सेयर

पौष १२, धादिङ ।
ख्रिष्टमसको अवसरमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानीका एकल महिलाहरुलाई आज जाडोको सामाग्री वितरण गरेको छ । काफलपानी तमू समाजको सहकार्य र विलिभर्स ईस्टर्न चर्च धादिङवेशींको आयोजनामा २७ जना एकल महिलाहरुलाई पछ्यौरा, हरलीक्स लगायतका सामाग्री चर्चका फादर सन्तबहादुर गुरुङले वितरण गर्नु भएको हो ।

जाडो मौसममा केही राहत मिलोस भन्ने उद्देश्यले सामाग्री वितरण गरिएको फादर सन्तबहादुर गुरुङले बताउनुभयो । प्रभु येशूले संसारमा भएका मानिसहरुलाई प्रेम गर्नुभएको र त्यही प्रेम स्वरुप प्रभु येशूलाई विश्वास गर्ने मानिसहरुले पनि एकले अर्काेलाई प्रेम गर्नुपर्छ भन्ने भावनाका साथ सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
यस्ता कार्यक्रममाहरु लिएर विभिन्न समुदायमा पुग्दा धर्म प्रचार, विदेशीको सहयोग बाड्न आएको भन्ने कुराहरु सुन्दा आफुहरुलाई चित्त दुख्ने गरेको पनि उहाँले दुखेसो पोख्नुभयो । यस्ता राहत सामाग्री लिएर गाउँ गाउँमा पुग्दा मनलाई शान्ती मिल्ने पनि उहाँले बताउनुभयो । स्थानिय व्यक्तीहरुबाट संकलित रकमले जाडोको सामाग्री खरिद गरि विरतण गरिएको प्रष्ट पार्नुभयो ।
वितरणा कार्यक्रममा विलिभर्स ईस्टर्न धादिङका चर्चका पास्टर सुरेश गुरुङ, जवान अध्यक्ष समिर गुरुङ, जेम्स अनारस, गुरुआमा हिरा गुरुङ, दिदिवहिन संगतीका अगुवा सानुमाया गुरुङ र रामबहादुर गुरुङ लगायत काफलपानी तमू समाजका पदाधिकारी, शिक्षक, वुद्धिजिवि, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
“पछ्यौउरा च्यातिनै लागेको थियो, नयाँ पाईयो अब यो जाडोमा पछ्याउरा दिने नानी बाबुलाई मागेर खान नपरोस मेरो आर्शिवाद छ,” ९० वर्ष पुग्नै लाग्नु भएका आमा कृष्णमाया गुरुङले खुशी व्यक्तगर्नुभयो । कृष्ण कुमारी मात्र होईन मिट्ठु परियार पनि पछ्यौउरा र हरलीक्स पाएपछि दङ्ग देखिन्थे । एकल महिला त्यही माथी ८३ वर्ष काटेका परियारलाई सामान थोरै तर धेरै राहत मिलेको बताउनुभयो ।
कार्यक्रमकै अवसरमा काफलपानी तमू समाजका सक्रिय सदस्य एंव शिक्षक लोक गुरुङले सहयोगी मनलाई धन्यावाद दिँदै यस्ता कार्यक्रमले सबैमा सहयोगी भावना जगाउने हुँदा कार्यक्रमको निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमहरुलाई नकरात्मक भन्दा पनि सकरात्म रुपमा खुलेर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यसैगरि ख्रिष्टमसकै अवसरमा पौष ७ गते विलिभर्स ईस्टर्न चर्चले जिल्ला अस्पताल धादिङमा भर्ना भएर बसेका विरामीहरुलाई फलफूल, हरलिक्स र पछ्यौउरा वितरण गरेको थियो ।

अस्पतालमा भर्ना भएका १६ जना विरामीलाई पास्टर सन्त बहादुर गुरुङद्धारा सामग्री वितरण गरिएको हो ।

राहत पाउने एकल महिलाहरुको नाम लिस्ट हेर्नुहोस् :-
टिका माया गुरुङ
कुमारी गुरुङ
अन्ती गुरुङ
सोममाया गुरुङ
सुक माया गुरुङ
कृष्ण माया गुरुङ
सुन्तली गुरुङ
न्याउरी गुरुङ
काली गुरुङ
कृष्ण कुमारी नेपाली
रामरिता गुरुङ
मिट्ठे परियार
सान्कान्छीस परियार
धनमाया गुरुङ
तिर्थ कुमारी गुरुङ
सानु माया गुरुङ
राम माया गुरुङ
डिलमाया गुरुङ
सेती गुरुङ
फुलमाया गुरुङ
ओममाया गुरुङ
विबा गुरुङ
चमेली गुरुङ
विष्णु गुरुङ
आईती गुरुङ
काली गुरुङ

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।