पौष १४, धादिङ ।
पुस २६ गतेबाट हुने भनिएको छैटौं धादिङ महोत्सव स्थगित भएको छ । राजनैतिक असहमतिकै कारण महोत्सव स्थगीत भएको आयोजकले जनाएको छ ।

धादिङ उद्योग वाणिज्य संघले आगामी पुस २६ गतेदेखि माघ ८ गतेसम्म गर्ने भनिएको छैटौँ धादिङ महोत्सव स्थगित भएको हो । धादिङ उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ति जारी गर्दै महोत्सव तत्कालका लागि स्थगित गरिएको संघका अध्यक्ष बोधनाथ दुवाडीले जानकारी दिनुभयो ।

महोत्सवको लागि राजनीतिक सहमति जुट्न नसकेपछि कार्यसमितिको बैठक बसेर स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । महोत्सवको लागि प्रचारप्रचार तथा स्टल बनाउने कामसमेत सुरु भैसकेको अवस्थामा पनि स्थगित भएको हो ।

Facebook Comments