२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ कारागारका १४ जना कैदीबन्दीले सजाय माफी पाए

धादिङ कारागारका १४ जना कैदीबन्दीले सजाय माफी पाए

संविधान दिवसको अवसरमा धादिङ कारागारका १४ जना कैदीबन्दीले सजाय माफी पाएका छन् ।

विभिन्न कसुरका कारण कारागारमा सजाँय भोगिरहेका १४ जना कैदिबन्दीहरुलाई संविधान दिवसको अवसर पारेर सोमबार सरकारले कैद मिनाहा गरिदिएको हो । कैद मिनाहा पाउनेहरु मध्ये तीन जना महिला छन् । तीनै जना बहुविवाहमा सजाँय भुक्तान गरिरहेकाहरु हुन् ।

सजाय माफी पाउनेहरुमा बहुविवाहका सबैभन्दा धेरै सात जना छन् । कर्तव्य ज्यान मुद्धाका पाँच जना, सवारी ज्यान मुद्धाका तीन जना, बैदेशिक रोजगार कसुरका एक जना छन् । १५ जेठ २०७९ गणतन्त्र दिवसको दिन पनि १२ जना कैदिबन्दिलाई सजाय मिनाह गरेको कारागार कार्यालय धादिङका जेलर नइन्द्र कुमार पौडेलले बताउनुभयो । यो वर्ष मात्रै २६ जनाले कैद सजाय मिनाह पाएका छन् ।

हरेक वर्ष गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कसुरमा सजाय भोगिरहेका कैदिबन्दिलाई सरकारले सजाय मिनाह गर्ने गरेको जेलर पौडेलले बताउनुभयो । संविधानको धारा २७६ फौजदारी कसुर ऐन र मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम उनीहरुको बाँकी कैद र सजाय सरकारले मिनाहा गरेको हो ।

२०७७ सालमा २३ जना, २०७८ सालमा १५ जना र २०७९ मा २६ जना कैदिबन्दिलाई सजाय मिनाह गरिएको छ । वर्षमा तिन पटक गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसमा कैदिबन्दिलाई कैद सजाय छुट गरिदै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।