२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

फुटसल प्रतियोगिताको फाईनल खेल आज

फुटसल प्रतियोगिताको फाईनल खेल आज
सेयर गर्नुहोस्
०सेयर

पुष २३, धादिङ ।
प्रथम खुल्ला धादिङ फुटसल प्रतियोगिताको फाईनल खेल आज दिउँसो १ बजे हुने भएको छ । फुटसल एकेडेमी धादिङले आयोजना गरेको प्रतियोगितामा शनिबार क्वाटर फाइनलका ४ र सेमिफाइनलका २ खेल गरि जम्मा ६ सेट खल खेलाइएको थियो ।

क्वाटर फाइनलमा ४ सेट खेल खेलाइएकोमा सुकेलछार युवा क्लव, सुनौलाबजार समुह, तेक्वान्दो समुह र ज्वालामुखी युवा क्लवले विजय हासिल गरेका थिए । त्यसै गरि शनिबार नै भएको सेमी फाइनल खेलमा सुनौलाबजार समुह र ज्वालामुखी युवा क्लवले विजयी हासील गरि फाइनल खेलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार, द्धितीय टिमलाई २० हजारसहित मेडल, ट्रफी पुरस्कारको व्यवस्था रहेको छ । यस्तै उत्कृष्ट गोल रक्षक र उत्कृष्ट खेलाडी १÷१ जनालाई नगद ३ हजार सहित ट्रफी मडल र प्रमाणपत्र दिइने आयोजनक फुटसल एकेडेमी धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।