२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

झोल औषधिमा हानिकारक रसायन प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

झोल औषधिमा हानिकारक रसायन प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

औषधि व्यवस्था विभागले झोल औषधिमा प्रयोग हुनसक्ने रसायनइथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरू उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।

औषधि उत्पादक, आयातकर्ता तथा बिक्री वितरकहरूलाई बालबालिकाहरूका लागि प्रयोग हुने कतिपय झोल औषधिहरूमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको यकीन गरेर मात्रै बिक्री वितरण गर्न निर्देशन दिइएको हो ।

जाम्बिया तथा इन्डोनेसिया लगायतका देशहरूमा यहि रसायन मिसिएको औषधि खाँदा बालबालिकाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको थियो ।

डब्लुएचओको प्रतिवेदनमा विषाक्त रसायनयुक्त मिसावटका कारण बच्चाहरूको मिर्गौलामा गम्भीर असर परेकोले उनीहरूको मृत्यु भएको दावी गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।