
विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाडौँमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
गएराति टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षका सविन कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे मृत्यु भएको हो । यस्तै, मोटरसाइकलको पछाडि बसेका नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २२ वर्षका सन्देश कार्की घाइते हुनुभएको छ ।
उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।