२०८३ कार्तिक २०, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विश्वकप फुटबल : यि हुन् क्वार्टरफाइनलमा पुग्ने आठ टिम !

विश्वकप फुटबल : यि हुन् क्वार्टरफाइनलमा पुग्ने आठ टिम !

विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

राति भएका खेलबाट पोर्चुगल र मोरोक्को अन्तिम आठमा पुगेसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो । राति निर्धारित ९० मिनेट र थप गरिएको समयमा कुनै पनि टिमले गोल गर्न सकेनन् । त्यसपछि पेनाल्टी सुटआउटमा मोरोक्कोले स्पेनलाई ३–० ले हराएको हो ।

यस्तै राति नै भएको खेलमा पोर्चुगलले स्वीट्जरल्याण्डविरुद्ध ६–१ को शानदार जीत निकालेको छ । योसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इङ्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

अब पहिलो क्वाटरफाइनलमा पर्सि शुक्रबार ब्राजिल र क्रोएसिया खेल्नेछन् । यस्तै दोस्रो क्वाटरफाइनलमा पर्सि नै अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । शनिबार फ्रान्स र इङ्ल्यान्ड तथा मोरक्को र पोर्चुगल खेल्नेछन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।