२०८३ कार्तिक ९, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

लागूऔषध खैरो हेरोईन सहित धादिङका एक यूवक पक्राउ

लागूऔषध खैरो हेरोईन सहित धादिङका एक यूवक पक्राउ

काठमाण्डौं प्रवेश नाका नागढुंगाबाट एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

धादिङको निलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय जोनाम लामा चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले विशेष सूचनाका आधारमा आज बिहान झापाको काकडभिट्टा हुँदै काठमाडौं आइरहेको प्र.०१–०२–००२ ख १२८२ नम्बरको बसमा चेकजाँच गरेको थियो । त्यसक्रममा बसमा सवार लामाको साथमा १४.२८ ग्राम खैरो हेरोइन भेटिएको लागूऔषध ब्यूरोबाट खटिएको प्रहरीले जनाएको छ ।
लामालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको बताइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल