२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आकाशे पुलमा गर्डर राख्ने काम सकिएन, मंगलबार पनि सवारी आवागमन बन्द हुने

आकाशे पुलमा गर्डर राख्ने काम सकिएन, मंगलबार पनि सवारी आवागमन बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको धादिङस्थित बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा निर्माणाधीन आकाशे पुलमा गर्डर राख्ने काम आज नसकिएपछि भोलि पनि राखिने भएको छ ।

सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर गर्डर राख्ने काम गरिएको हो। सोमबार एउटा मात्र गर्डर राख्ने काम सम्पन्न भएको र बाँकी दुईवटा गर्डर राख्न मंगलबार बिहान ९ बजेदेखि विहान ११ बजेसम्म सवारी आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

पैदलयात्रीका लागि निर्माणाधीन उक्त आकाशे पुल अपाङ्गमैत्रीसमेत हुने जनाइएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल