२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजनाको अनुगमन

अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजनाको अनुगमन
सेयर गर्नुहोस्
०सेयर

अपाङ्ग कल्याण संघ र ह्याण्डिक्याप इन्टरनेसनलको साझेदारीमा संचालित स्वास्थ र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजना (AC5) अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिकाको ९ र १० वडामा अनुगमन गरिएको छ ।

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १० मा अवस्थित हनुमानडाँडा सामुदायिक स्वास्थ्य इकाईको अनुगमन गरिएको हो । ५ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको शिघ्र पहिचान, यौन तथा प्रजनन् स्वस्थ्य सम्बन्धि दिइएको तालिम पछिको अवस्थाका बारेमा स्वास्थ इकाईको अनुगमन गरिएको हो । अनुगमनमा स्वस्थ्य संस्थाले प्रभावकारी सेवा प्रवाह गरिरहेको र चेकजाँच गर्न आएका अपाङ्गता भएका बिरामीहरुको तथ्यांक तथा स्वास्थ्य अवस्थाको समेत जानकारी राख्ने गरेको पाइएको छ ।

त्यस्तै, नवदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि अनुगमन गरिएको छ । अपाङ्गता भएकाहरूका लागि परियोजनाले सहकारीमा र्याम, रेलिङ, क्यास काउन्टर निर्माण गरेको थियो । परियोजना मार्फत निलकण्ठ नगरपालिका ९ कि रिता श्रेष्ठलाई केहि वर्ष अघि अति आवश्यक सामाग्री किन्न ७ हजार पाँच सय र यसै आर्थिक वर्षमा जिविकोपार्जन शिर्षकमा ११ हजार चार सय ८० रुपियाँ सहयोग गरेको थियो ।

श्रेष्ठको नाति सन्जय श्रेष्ठ जन्मजात बहु अपाङ्गता हुन् । कक्षा ३ मा अध्ययनरत सन्जय हजुर आमा र हजुरबुबाको साथमा बस्दै आउनु भएको छ । घुम्ती पसल राखेर रिताले नातीको लालनपालन, घरपरिवार चलाउदै आउनु भएको छ । करिब ७० हजार लगानी गरेर थालनी गरेको पसल साढे २ लाखको भएको उहाँ बताउनु हुन्छ । पसल अहिले बाँच्ने र बचाउने आधार भएको छ ।

परियोजना मार्फत सहयोग लिएर व्यवसायी गरिरहनु भएकी रिता आफ्नो जीवन नै फेरिएको बताउनु हुन्छ । अनुगमनमा निलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा, अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडा, परियोजना अधिकृत अमिशा धिमाल, स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद रिजाल,नीलकण्ठ नगरपालिकाको महिला तथा वालवालिका शाखाकी निर्मला केसी लगायतको उपस्थिती रहेको थियो । उनीहरुले परियोजनाको सकारात्मक परिवर्तन देखिएको बताएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।