२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शुक्रबारका लागि एमालेले बोलायो सचिवालय बैठक

शुक्रबारका लागि एमालेले बोलायो सचिवालय बैठक
सेयर गर्नुहोस्
०सेयर

२२ मंसीर

नेकपा (एमाले) ले भोली शुक्रबारका लागि सचिवालय बैठक आह्वान गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका साथै समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको नेकपा एमालेले जनाएको छ । भोलि बस्ने बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

यता निर्वाचन आयोगले बुधबार राजनितिक दललाई पत्राचार गर्दै तोकिएको समयमा समानुपातिक तर्फको सांसदको अन्तिम नामावली पठाउन निर्देशन दिएको छ । मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा एमालेले ४४ सिट र समानुपातिकतर्फ ३४ सिट सहित कुल ७८ सिट प्राप्त गरेको छ । साथै समानुपातिक तर्फ कुल २८ लाख ४५ हजार ६ सय ४१ अर्थात २६.९४ प्रतिशत लोकप्रीय मत प्राप्त गर्ने पहिलो पार्टी बनेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।