२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजना सञ्चालन पछि व्यवहारमा सकारात्मक परिवर्तन

महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजना सञ्चालन पछि व्यवहारमा सकारात्मक परिवर्तन
सेयर गर्नुहोस्
०सेयर

धादिङको निलकण्ठ नगरपालिका ४ पौवामा अवस्थित श्री गैरी गाउँ माध्यमिक विद्यालयमा अपाङ्गता भएका बालबालिका, जातिय छुवाछूत तथा लैङ्गिकताको आधारमा हुने विभेदमा न्यूनीकरण देखिएको छ ।

अपाङ्ग कल्याण संघ र ह्याण्डिक्याप इन्टरनेसनलको साझेदारीमा संचालित स्वास्थ र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजना (AC5) संचालित परियोजना पश्चात विद्यालयमा शिक्षकलाई दिइएको तालीम र समावेशी विद्यालय सुधार योजनाको प्रभावकारिताले परिवर्तन देखिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर अधिकारीले बताउनु भयो । विद्यार्थी र शिक्षकमा व्यवहारमा सकारात्मक परिवर्तन देखिएको छ ।

उहाँले भन्नुभयो,– लैङ्गिकताको आधारमा हुने विभेद र अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको छ । अपाङ्गता मैत्री भवन निर्माण गर्नु पर्ने रहेछ । हाम्रो विद्यालयको सबै भवन अपाङ्गता मैत्री छैन । संस्था आएपछि मात्र थाहा भयो । अपाङ्गता भएका दुइजना बालबालिका अध्ययनरत छ्न् ।

उनीहरुको शैक्षिक सुधारमा विद्यालयले प्राथमिकता दिइरहेका छौँ, उहाँले भन्नुभयो । परियोजना मार्फत विद्यालय र संस्थाको २/२ लाख गरि ४ लाखमा पहुँचयुक्त शौचालय निर्माण भैरहेको छ । शिक्षक तथा विद्यार्थीमा सहज हुने र स्वास्थ्य क्षेत्रमा सुधार हुने समेत उहाले बताउनु भयो । नगरपालिकाले पनि विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा ठुलै सहयोग गर्दै आएको छ । आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिन सहयोग मिल्ने अपेक्षा समेत उहाँले राख्नु भयो । परियोजनाले गरेको गतिविधिको अनुगमनको क्रममा यस्तो बताएका हुन् ।

अनुगमनमा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा, कार्यपालिका सदस्य चिना श्रेष्ठ, नगरपालिकाका महिला तथा बालबालिका शाखाकी महिला विकास निरीक्षक निर्मला केशी, AC5 परियोजना अधिकृत अमिशा धिमाल लगायतको उपस्तिथिति रहेको थियो । त्यस्तै, नीलकण्ठ नगरपालिका ३ शान्तिटारमा अवस्थित रहेको नमुना बौद्धिक अपाङ्गता आधारभुत विशेष विद्यालयको पनि अनुगमन गरिएको छ । निर्माणाधिन भवनमा परियोजनाले रेलिङ सहयोग गरेको थियो ।

समावेशी विद्यालय सुधार योजनापछि विद्यालयमा निकै सुधार भएको प्रधानाध्यापक शर्मिला रिजालले बताउनु भयो । अहिले ३० जना बालबालिका छन् । उहाँले भन्नुभयो,–संस्थाले रेलिङ सहयोग गरिदिएपछि बालबालिकालाई सुरक्षित राख्न सहयोग भएको छ । लडेर समस्या हुन्छ कि भन्ने चिन्ता मुक्त बनेको छ ।

समावेशी विद्यालय सुधार योजनापछि उनीहरुको व्यवहारमा परिवर्तन भएको छ । बालबालिकालाई आत्मनिर्भर बन्न सिकाइ होस् भनेर खेतबारीमा काम गर्ने बानीको विकास गरेका छौँ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।