
पुस २६, धादिङ ।
स्थानीय तह सञ्चालन कार्य्िवधि तथा विपद जोखिम न्यूनिकरण विषयक कार्यशाला गोष्ठि १० बुंदे बैरेनी घोषणा पत्र जारी गर्दैै धादिङको बैरेनीमा सम्पन्न भएको छ । स्थानिय तहमा भएको स्थानिय तह सञ्चालनको अधिकार तथा विपद् जाखिम न्यूनिकरण तथा व्यवस्थानको क्षेत्रमा स्थानिय तहको भुमिकाका विषयमा गरिएको तिनदिने गोष्ठि सम्पन्न भएको हो ।
कार्यशालामा धादिङ जिल्लाका २ वटै नगरपालिकाका मेयर, उपमेयर र ११ वटै गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति धादिङ तथा जिल्ला विपद व्यवस्थापन समितिको आयोजना र अक्सफाम, केयर, जिआईजेड, आड्रा नेपाल सहयात्री समाज, ग्रामीण आपसी विकासको सहकार्यमा कार्यशाला सम्पन्न भएको थियो । शुक्रबार विहान एक कार्यक्रमका बीच प्रतिनिधि सभा क्षेत्र नम्वर १ का निर्वाचित सांसद भूमि त्रिपाठीले कार्यशालाको उद्घाटन गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यशालाको उद्घाटन कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्वर १ (२) बाट निर्वा्िचत सांसद शालिकराम जम्कटेल, प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारी लगायत नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुंगाना, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापा, बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरी डल्लाकोटी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवरजा छत्कुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले संविधानमा उल्लेख भएको स्थानिय तहको अधिकार तथाविपद् जोखिम न्यूनिकरण तथाव्यवस्थान ऐन २०७४ माउल्लेख भएको स्थानियतहको काम कर्तव्य र अधिकारको विषयमा प्रष्ट पार्नुभयो । ३ दिनसम्म सञ्चालन भएको कार्यशालामा स्थानीय तह सञ्चालनको कार्य्विधिको खाका तय गर्ने र स्थानीय तह सञ्चालन कार्य्िवधिका विविध विषयमा छलफल भएको थियो । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रमा अब के गर्ने भन्ने विषयलाई वुदागत घोषणा पत्र तयार पारी सबैको हस्ताक्षर गरेका थिए ।
यसैगरी कार्यशालामा विपद जोखिम न्यूनिकरण गर्ने सवालमा पनि स्थानीय तहको भूमिका र जिम्मेवारीका विषयमा छलफल गरीएको अक्सफाम धादिङका अन्जना शर्माले बताउनुभयो । गोष्ठिमा इको नेपालका रामचन्द्र न्यौपाने, स्थानिय विकास मन्त्रालयका अमर दिप सुनुवार, केयर नेपालका केशवदत्त भट्ट, प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीले प्रशिक्षण दिनुभएको थियो । यसैगरी प्रमुख कोष नियन्त्रक यज्ञराज ढकाल, जिल्ला शिक्षा अधिकारी माधव शर्मा, सहयात्री समाज नेपालका राधिका सापकोटा, चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाजका गंगा सुवेदीले पनि जिल्लामा सञ्चालित कार्यक्रमको बारेमा आवश्यक जानकारी गराउनुभएको थियो ।
