२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घट्यो

पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घट्यो

नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।

घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल/मटितेल १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मटितेल १७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो ।

आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।