पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ कुरिनघाटमा सवारी दुर्घटना हुदाँ दुई जना घइते भएका छन् ।

काठमाडौँबाट मुग्लि तर्फ जादैँ गरेको ना ४ ख १२४० नम्बरको ट्रकले विपरित दिशबाट जादैँ गरेको बा २२ प ७७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार चितवनको इच्छाकामना ४ बस्ने,२७ वर्षिय तुल बहादुर गुरुङ र २६ वर्षिय रमेश मगर घाइते भएका हुन् । घाइते मध्ये रमेश मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । मोटरसाइकल ,ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिने जनाएको छ।

Facebook Comments