संघीयघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गर्ने युवाको निधन भएको छ।

उनको आज बिहान ५ बजे उपचारका क्रममा निधन भएको कीर्तिपुरस्थित बर्न अस्पतालले जनाएको छ । शरिरको अधिकांश भाग जलेको हुनाले बचाउन नसकिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो।

घटनास्थलबाट तत्कालै उद्दार कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। ​

Facebook Comments