२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

लामिछानेविरुद्ध सर्वोच्चले दिएको आदेश स्वभाविक : नेम्वाङ्

लामिछानेविरुद्ध सर्वोच्चले दिएको आदेश स्वभाविक : नेम्वाङ्
सेयर गर्नुहोस्
०सेयर

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रूपमा लिनुपर्ने बताउनुभएको छ ।

शनिबार पार्टी कार्यालय च्यासलमा पत्रकारसँग कुरा गर्दै उहाँले कानून बमोजिम जो कोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यको रूपमा दिन नहुने बताउनुभयो । नागरिकता लिएर लामिछाने उपनिर्वाचन लड्न सक्ने उहाँको भनाइ छ ।

राष्ट्रपतिको हकमा यसअघि भएको सहमतिअनुसार एमालेले नै उम्मेदवार खडा गर्ने उहाँको भनाइ छ । राष्ट्रपतिका विषयमा अध्यक्ष केपी ओलीले पनि छलफल गरिरहनुभएको नेता नेम्वाङ्ले बताउनुभयो ।

त्यस्तै एमाले महासचिव शंकर पोखरेलले सहमतिका नाममा परिवर्तन खोज्नु काँग्रेसको सत्तालिप्सामात्रै भएको तर्क गर्नुभयो । सत्ता समीकरण भत्काउने कुनै पनि षडयन्त्र सफल नहुने उहाँको भनाइ छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।