२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

यस वर्षको एसईई पनि बोर्डले नै लिने

यस वर्षको एसईई पनि बोर्डले नै लिने
सेयर गर्नुहोस्
०सेयर

यस वर्षको एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । परीक्षाको जिम्मा बोर्डले गत वर्ष नै प्रदेशलाई दिने निर्णय गरेको भएपनि उक्त विषय कार्यान्वयन नहुँदा यो वर्ष पनि प्रदेशले पाएको अधिकार बोर्डले खोसेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को २०७९ सालको एसईईको परीक्षा नियमित र ग्रेडवृद्धि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि, परीक्षा नियन्त्रण कार्यालयले प्रदेश कार्यालयहरुमा स्रोत साधन, जनशक्ति र सुरक्षाको कमी हुने भएकोले केन्द्रबाट गर्नुपरेको जनाएको छ ।

केन्द्रका अनुसार प्रश्नपत्र बोर्डले छाप्ने र परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका परीक्षा गर्ने कार्य भने प्रदेश कार्यालयले गर्नेछ । हालै प्रकाशित भएको कार्यतालिका अनुसार एसईई आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । एसईई परीक्षा बिहान ८ बजेदखि हुने र तीन घण्टाको हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।