२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

साङ्कोष स्वास्थ्य चौकीमा भएको आँखा शिविरमा १ सय ८० जनाले आँखाको जाँच गराए

साङ्कोष स्वास्थ्य चौकीमा भएको आँखा शिविरमा १ सय ८० जनाले आँखाको जाँच गराए

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ साङ्कोष स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा १ सय ८० जनाले आँखाको जाँच गराएका छन् ।

१ सय ८० जना मध्ये १० जनामा मोतिविन्दु फेला परेको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिंह तामाङले जानकारी दिनुभयो ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङको संयुक्त आयोजना तथा स्थानिय निकायको समन्वयमा शिविर सञ्चालन भएको हो ।

शिविरहरुमा छनौट गरिएका मोतियाविन्दुका बिरामीहरुलाई जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा माघ १६ र १७ गते न्युनतम शुल्कमा शल्यक्रिया गरिने जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका प्रमुख तामाङले बताउनुभयो । यस्तै आज १३ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको पनि उहाँले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।