२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकामा आजदेखी सुरु हुँदै राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता

त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकामा आजदेखी सुरु हुँदै राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता

सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बुधबार देखि सुरु हुने भएको छ ।

सिद्धलेक गाउँपालिकाको आयोजनामा आज बुधबार देखि २० गतेसम्म सिद्धलेक गापा–४ स्थित सलाङघाटमा रहेको जलेश्वरी मा.विमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङले माघ मसान्तभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरि खेलाडी छनोट गर्न पत्रचार गरेसँगै गाउँपालिकाले भोलीदेखि २० गतेसम्म रनिङ शिल्ड गर्ने भएको हो । १ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय रहेको सिद्धलेकले सबै विद्यालयहरुलाई सहभागि गराउने गरि तयारी गरेको गाउँपालिकाले जनाएको छ।

यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाको रानीपौवा माध्यमिक विद्यालयमा पालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता र अध्यक्षगत खेलकूद प्रतियोगीता सुरु हुने शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख एवं स्रोत व्यक्ती नवराज पाठकले जानकारी दिनुभयो ।

अध्यक्षगत खेलकूद प्रतियोगीतामा ७ वटा वडाका खेलाडी तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगीतामा ११ ओटा विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने उहाँले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।