२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको खनियावास गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन

धादिङको खनियावास गाउँपालिकामा राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन
सेयर गर्नुहोस्
०सेयर

धादिङको खनियावास गाउँपालिकाको विभिन्न वडामा राष्ट्रिय परिचय पत्र बनाउने शिविर सञ्चालन भएको छ ।

गाउँपालिकाको २, ४ र ५ नं. वडा कार्यालयहरुमा आजदेखी राष्ट्रिय परिचयपत्र शिविर संचालन भएको खनियाबास गाउँपालिकाका सामाजिक विकास शाखाका अधिकृत दुर्गा शाहीले जानकारी दिनुभयो ।

वडा नम्बर ४ मा सञ्चालन भएको शिविरमा ५० जनाले राष्ट्रिय परिचय पत्र बनाएका छन् भने वडा नम्बर २ मा ३६ जनाले राष्ट्रिय परिचय पत्र बनाएको उहाँले बताउनुभयो । यस्तै वडा नम्बर ५ मा भने प्राविधिक कारणबस शिविर सञ्चालन हुन नसकेको बताउनुभयो ।

जनताको घरदैलोमै पुगी राष्ट्रिय परिचय बनाउने उद्देश्यले खनियाबास गाउँपालिकाको पनि विभिन्न वडामा शिविर सञ्चालन भएको अधिकृत शाहीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।