
माघ १९, धादिङ ।
निलकण्ठ नगरपालिका ९ स्थित निगालपानीका भुकम्प प्रभावितहरुको घर आज सिल्यान्यस गरिएको छ । भुकम्पबाट अतिप्रभावित, दलित तथा विपन्न वर्गहरुको आवास निमार्ण सहयोग गर्ने उद्देश्यले अक्सफामको साझेदारीमा एक्सन नेपाल धादिङले निमार्ण सुरु गरेको घरको आज सिल्यान्यास गरिएको हो ।
नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्तर्गत आवास निमार्ण कार्यक्रम अन्तर्गत निगालपानीमा २० वटा घर बनाउन लागेको अक्सफामका पोग्राम म्यानेजर अरुण पौडेलले बताउनु भयो । वडा कार्यलयसगँको समन्वयमा प्रभावितहरुसगँ रातो कार्ड भएको र नगरपालिकाको वडा कार्यलयबाट पिछडिएको वर्ग हो भनी प्रमाणीत भएका प्रभावितहरुको घर निमार्ण गर्न लागिएको र २ महिना भित्र घर बनाएर सम्पन्न गरिसक्ने उहाँले बताउनु भयो ।
त्यसैगरी संस्थामार्फत निलकण्ठ नगरपालिका वडा नं ८ स्थित कुमाल गाउँमा १५ वटा घर निमार्ण भइरहेको पौडेलले बताउनु भयो । घर निमार्ण गरिदिए सङ्गै प्रभावितहरु खुशि भएका छन् । भुकम्प गएको ३२ महिना वितिसक्दा पनि आफुले घर बनाउन नसकेकाले टहरामै बस्दै आइरहेका प्रभावितहरु घर निमार्ण गरिदिने भएपछि खुशि भएका हुन् ।