२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रुसी सैन्य विमान सिरियाले खसाल्यो

रुसी सैन्य विमान सिरियाले खसाल्यो

माघ २१-
सिरियामा रुसी सैन्य विमान जमिनमा खसालिएको छ । विद्रोही नियन्त्रित पूर्वोत्तर इदलिब प्रान्तमा विमान खसालिएको हो ।विमान खस्दा पनि सुरक्षित रहेका पाइलटलाई भने जमिनमा आक्रमण गरी मारिएको रुसले जनाएको छ ।

विमान अलकायदासँग सम्बन्ध रहेको हयात तह्रीर अलशाम नामक समूहले खसालेको वीवीसीले लेखेको छ । रुसले यस क्षेत्रमा सहयोगी सिरियाको साथ विद्रोहीमाथि आक्रमण गरिरहेको छ ।गत डिसेम्बरदेखि सिरियाले रुसी सहयोगमा हवाई आक्रमण गरिरहेको छ । यसै आक्रमणका कारण लाखौं मानिस विस्थापित भएका छन् ।२४ घन्टाको बीचमा रुसले थुप्रैं पटक हवाई आक्रमण गरेको पनि बताइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।