
माघ २१, धादिङ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउपालिकाबाट १६८ किलो ९ सय ग्राम लागु औषध चरेस सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक संजय तिमल्सिनाको कमाण्डमा खटिएका प्रहरी टोलीले हिजोराति ना ३ ख ४३२४ नं.को ट्रकमा खानतलासी गर्दा गियर बक्स तथा ड्राईभर बस्ने सिट भन्दा ठीक माथी फल्स बटन बनाई लुकाई राखेको १६८किलो ९ सय ग्राम लागु औषध चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यलय धादिङले आज प्रत्रकार सम्मेलन गरि जनाकारी गराएको छ ।
प्रहरीले चरेस सहित ट्रक चालक मकवानपुर जिल्लाका वर्ष ३७ का रामकृष्ण श्रेष्ठ, धादिङको गल्छि गाउँपालिका वडा नं ५ बस्ने वर्ष २६ का श्याम बहादुर तामाङ, गल्छि गाउँपालिका वडा नं ५ कै वर्ष ३१ का विनोद तामाङ, वडा नं ६ बस्ने वर्ष ३४ का नवराज तामाङ र वडा नं ८ बस्ने वर्ष ३० का देव बहादुर तामाङलाई प्रहरी पक्राउ गरेको छ ।
त्यस्तै उक्त लागु औषधि ओसारपोसारमा संलग्न ३ थान मोटरसाइकल र विभिन्न नम्वरहरुको सिम सहित ५ थान मोवाइल समेत बरामत गरिएको छ । पक्राउ परेकाहरुलाई लागु औषध कारोबार ऐन अन्र्तगत कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।