माघ २२, धादिङ ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा आईतबार दिउँसो माइक्रोबस र ट्रक एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
गोरखाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ८७९० नम्बरको माइक्रोबस विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ६०१९ नम्बरको ट्रकसँग ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । मृत्यु हुनेमा गोरखा घर भएका सुजित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका ४ जनालाई काठमाडौँ पठाइएको छ भने सामान्य घाईते ३ जनाको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक संजय तिमिल्सीनाले जानकारी दिनु भयो । ट्रक र ट्रक चालक इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा रहेको छ ।