२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

हिमाअस एजुकेशन कन्सल्टेन्सीको १७ औ शाखा धादिङवेशीमा

हिमाअस एजुकेशन कन्सल्टेन्सीको १७ औ शाखा धादिङवेशीमा

हिमाअस एजुकेशन कन्सल्टेन्सीको १७ औ शाखा धादिङमा विस्तार गरेको छ । धादिङ जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरी जिल्लाको सदरमुकाम धादिवेशी शान्त बजारमा शाखा विस्तार गरिएको हिमाअस एजुकेशन कन्सल्टेन्सीका निर्देशक सुवास अर्यालले बताउनुभयो ।

सन् २००८ देखि अष्टे«लियाबाट हिमाअस कन्सल्टेन्सीले आफ्नो काम शुरु गरेको हो । धादिङबाट ठूलो संख्यामा विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने गरेका छन् । काठमाडौ, पोखरा, चितवन लगायतका शहरहरुमा अध्ययनका लागि जादा मोटो रकम खर्च हुन्छ । जिल्लामै बसेर अध्ययन गर्ने र यहिबाटै विदेशमा अध्ययनका लागि प्रक्रिया अघि बढाउन कल्सल्टेन्सीले शाखा विस्तार गरेको उहाँले बताउनुभयो ।

अष्ट्रेलिया, क्यानडा, यूके लगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीलाई आएल्स, पिटी, कम्प्यूटर, जापनिज, कोरियन लगायत विभिन्न भाषाका कक्षाहरु धादिङबेशी शाखाबाटै सञ्चालन गरिने धादिङ शाखाका उत्तम सापकोटाले बताउनुभयो ।

धादिङ शाखामा जीवन शिलवाल र म छु, अस्टेलियाबाट शिशिर कँडेलले समन्वय गर्नुहुन्छ । प्रक्रियाका लागि कागजातहरु तयार पार्ने, भिजा अप्याइ गरिदिने लगायतका कामहरु धादिङकै विद्यार्थीहरुलाई मध्यनजर गरेर केहि नयाँ कामको थालनी गरेका छौं । एकपटक शाखा अवलोकन गरेर सेवा लिनु हुनका साथै केहि कमी कमजोरी भए सुझाव दिनुहुन सबैमा उहाँले आग्रह गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।