सांगेतिक यात्रामा आफ्नो सफलतापूर्वक २५ औं वर्ष पार गरेको अवसरमा चर्चित गायक राजु खड्काले सम्मान तथा सांगेतिक कार्यक्रम गर्नुहुने भएको छ ।

बिगत दुई दशक भन्दा लामो समय गित संगीतमा संघर्ष गर्दै आइरहनु भएका चर्चित संगीतकार गायक तथा संगीत संयोजक राजु खडकाले सांगेतिक क्षेत्रमा २५ औ वसन्त पारको खुशियालीमा सम्मान तथा सांङगेतिक कार्यक्रमको आयोजना गर्नुभएको हो ।

राष्ट्रिय नाचघर जमल काठमाण्डौंमा जेठ ६ गते शनिबार हुने कार्यक्रममा चर्चित तामाङ म्हेन्दोमाया कलाकार नेपाली लोक दोहोरी पप सेलो आधुनिक कलाकारहरुको बेजोड संगीतिक प्रस्तुती रहने म्हेन्दोमाया गायक सन्दिप स्याम्चेनले जानकारी दिनुभयो ।

हाल सम्म ३ हजार भन्दा बढी संगीत संयोजक गर्नु भएका संगीतकार खड्काले २ सय वटा गितहरुमा आवाज दिनुभएको छ भने ३ नेपाली चलचित्र मैना चरी, मैना राजा मैना रानी र उस्ताद जिको निर्देशन समेत गर्नु भएको छ ।

कार्यक्रमकै अवसरमा हालै छायांकन सम्पन्न गरि प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र उस्ताद जि चलचित्रको ट्रेलर समेत रिलिज गरिँदैछ भने खड्काले सिकाएका तथा अग्रजहरुलाइ सम्मान कार्यक्रम समेत रहेको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम हुँदैछ ।

Facebook Comments