नेपाल सरकार राष्ट्रिय तथ्यांक कार्यलय (ल्एज्ऋ) ले सार्वजनिक गरेको जनगणनाको तथ्यांक त्रुटिपूर्ण रहेको भन्दै नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीले ध्यानकर्षण गराएको छ ।
वि.स. २०७८ मा लिइएको जनगणनाको तथ्यांक त्रुटिपूर्ण तरिकाले सार्बजनिक गरिएको प्रती नेपाल तमू(गुरुङ )विद्याथीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत विरोध गरेको छ । जनसंख्याको आधारमा १२ औं स्थानमा रहेको नेपालको ठूलो र लामो इतिहास बोकेको आदिवासी गुरुङ समुदायलाई टुक्राएर कमजोर बनाउने उद्देश्यले केहीव्यक्तीको व्यक्तीगत स्वार्थकोलागी बुझाएको अपुष्ट प्रमाणलाई आधार मानेर नयाँजाती घलेहरुको तथ्यांक ३५,४३४(०.१२%) छुट्टै सार्बजनिक गरेको प्रति सरकारको ध्यानकर्षण गराएको हो ।
गुरुङ समुदायका संघ संस्थाहरुले नेपाल सरकार कहाँ घले(क्ल्हेँ) हरु गुरुङ समुदायकै थर हो भनी थुप्रै पुष्टि गर्ने प्रमाणहरु नेपाल सरकारलाई बुझाउने कार्यहरु हुदाहुदै पनि अपुष्ट प्रमाणलाई आधार मानेर नयाँजाती घले जाती छुट्टै सुचिकृत गर्नुले सिंगो गुरुङ समुदायको भावनाविपरीत र नेपाल सरकारको एउटा अंगआदिवासी जनजाती आयोगको सल्लाह सुझाबलाई समेत वेवास्ता गरि सरकारले मनोमानी ढंगले गरेको कार्यप्रतीहाम्रो घोर आपत्ती छ गुरुङ विद्यार्थी छोंज धींका अध्यक्ष विश्वराज गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
वि.स. २०६८ को जनगणनामा १२५ जाती रहेको जातिय तथ्यांक अहिले १४५ हुनु स्वाभाविक मात्र नरहेर आदिवासी समुदाय प्रतिको राजनीतिकरण हो विज्ञप्तीमा भनिएको छ । गुरुङ समुदायकोे घले (क्ल्हें) थरलाई छुट्टै जातिमा सूचीकरण गरिनु भनेको सिंगो गुरुङ समुदायको अस्तित्व समाप्तपार्ने षड्यन्त्र र चलखेल हो भन्ने हाम्रो ठहर छ । घले(क्ल्हें) छुट्टै जात हो भनी देखाइएको ३५,४३४ को तथ्यांक तुरुन्त सच्याउन माग राखेको छ ।
७ दिन भित्र तथ्यांक नसच्याइए जातीय अस्तित्व र पहिचानको रक्षाको लागि सिंगो गुरुङ समुदायआन्दोलित हुन बाध्य हुने विज्ञप्तीमा भनिएको छ ।












