आज सोमबार विश्व वातावरण दिवस । “प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ धादिङ सहित नेपालमा पनि मनाईएको छ ।

प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यसपालि प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्ररित गर्ने उद्देश्यले दिवसको नारा तय गरिएको हो । प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ । तर, यो कार्यान्वयन भने हुन सकेको छैन ।

विश्व वातावरण दिवसको दिनलाई साईकल दिवसको रुपमा पनि मनाईन्छ । दिवसको अवसरमा आज धादिङवेशींमा विशाल साइकल ¥यालीको आयोजना गरिएको छ । साईकल चढौं, वातावरण जोगाऔं, प्लाष्टिकको प्रयोग नगरौं, लगायतका प्ले कार्ड सहित साईकल प्रेमीहरु ¥यालीमा सहभागी भएका थिए ।

धादिङ साइकल समुदायले आयोजना गरेको साईकल ¥याली आज सोमबार विहान ५ः३० बजे धादिङ माउन्टेन साइकल पसल शान्त बजारबाट सुरु भएर पुछार बजार, सिरान बजार लगायतका स्थानहरु परिक्रमा गरि मिलनटोलमा आएर सामापन भएको थियो ।

भावी सन्ततिलाई प्रकृति–प्रेम र वातावरणको माया सिकाउनको लागि सन्देश प्रवाह गर्ने उद्देश्यले साईकल ¥यालीको आयोजना गरिएको साईकल चढ्नको लागि प्रेरिरत गर्दै आउनुभएका धादिङका अभियन्ता नन्दुकुमार घले मोलम दोर्जेले बताउनुभयो । जीवन र प्रकृतिवीचको सम्बन्ध सबैले बुझ्नु पर्ने बताउनुहुँदै घलेले सहभागीहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

भिडियो हेर्नुहोस् :-

 

Facebook Comments