२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

स्थानिय जनप्रतिनिधिले रोके विद्यालयको पुननिर्माण

स्थानिय जनप्रतिनिधिले रोके विद्यालयको पुननिर्माण
सेयर गर्नुहोस्
०सेयर

फाईल तस्विर

फागुन ७, धादिङ ।
धादिङको थाक्रे गाउपालिकाको वडा न १ स्थित लाटिदेवी माध्यमिक विद्यालयको नया बन्दै गरेको भवनको गाउपालिकाका जनप्रतिनिधी तथा प्राविधिकहरुको सक्रियतामा निर्माण कार्य रोकिएको छ ।

भुकम्पले विद्यालयको भवन भत्किएपछि विद्यालयको पुननिर्माण कार्य सुरु भएको थियो । नेपाल सरकारको ६० लाख लागतमा विद्यालयको भवन निर्माण गर्ने जिम्मा लिएको ठेकेदारले कमसल सामग्री प्रयोग गरि प्राविधिकको निति विपरित भवन बनाएको भन्दै निर्मार्णको कामलाइ रोकेको गाउपालिकाका उपाध्यक्ष अम्विका रुपाखेतीले जानकारी दिनुभयो ।

बन्दै गएको विद्यालय भवनमा प्रयोग गरिएको सामग्री कमसल भएको, भm्याल ढोकामा कुहिएको काठको प्रयोग गरेको निर्माणको कार्यशैली प्राविधिक सर्वेक्षण विपरित बनाइएको भेटेपछि निर्माणको कामलाइ रोकिएको उपाध्यक्ष रुपाखेतीले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।