पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-७ मछेडीखोला दुर्घटनाग्रस्थ स्कार्पियो ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-७ मछेडीखोलामा स्कार्पियो खस्दा एक जना घाइते भएको छ । धादिङबाट काठमाडौतर्फ जाँदै गरेको बि एडी ३५४२ नम्बरको जिप सडकबाट करिब पचास मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

 तीब्र गतिमा गुडेको जिप अनियन्त्रित भइ दुर्घटना हुदा धादिङ ज्वालामुखी गाउँपालिका-७ का २२ वर्षीय चालक युवराज इटनी घाइते भएका छन् ।

मछेडीखोला पुल कटेपछी घुम्ती सडकमा अनियन्त्रित भएको प्रारम्भीक अनुसन्धानबाट देखाएको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले बताउनुभयो । घाइते इटनीको गल्छी बैरेनीमा उपचार भैरहेको छ ।

 

Facebook Comments