पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा एकजनाको ज्यान गएको छ ।
दुर्घटनामा परि घाइते बनेका बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारका ३३ वर्षीय राजेश गिरिको उपचारका क्रममा मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
एसपी मिश्रका अनुसार काठमाण्डौबाट बर्दिया तर्फ जादै गरेको भे १ ख ४०४९ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बाग्मतीप्रदेश ०२-०४० प ५०८० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका हुन् ।
दुर्घटनामा परि घाइते बनेका गिरीको राजमार्गअस्पताल मलेखुमा उपचारपछि थप उपचारको लागि काठमाण्डौ लगिएको थियो । गिरीको काठमाडौस्थित बिएन्डबी अस्पतालमाबिहिवार बिहान ज्यान गएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहांले बताउनुभयो ।










