फागुन १३, धादिङ ।
धादिङमा आयोजित अनमोल भण्डारी प्रथम खुल्ला फुटसल कपको उपाधि   कम्युनिटि प्रोग्रेस नेपालले पाउन सफल भएको छ ।

फाइनल खेलमा प्रतिस्पर्धा गरेका कम्युनिटि प्रोग्रेस नेपालले र रेभ फुटसल क्लबलाई ७–५ गोलको अन्तरले पछाडी पार्दै पहिलो उपाधि हात पार्न सफल भएको हो । सदरमुकाम धादिङबेशीमा विहिबारदेखि सुरु भएको फुटसल शनिबार सकिएको हो ।

युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धादिङकै युवा अनमोल भण्डारीले व्यक्तिगत लगानीमा फुटसल कपको आयोजना गरेको हो । फुटसल कपमा जिल्लाभित्रका विभिन्न १६ वटा टिमको सहभागिता रहेको थियो । सबै टिमलाई पछि पार्दै पहिलो उपाधि जित्न सफल कम्युनिटि प्रोग्रेस नेपाल ५० हजार नगदसहित ट्रफि, मेडल, प्रमाण पत्रबाट पुरस्कृत भएका हुन् ।

यस्तै द्धितीय हुन सफल रेभ फुटसल क्लबले नगद ३० हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उत्कृष्ट गोल रक्षकको रुपमा विकास श्रेष्ट र उत्कृष्ट खेलाडीको रुपमा सुनिल तामाङ ५÷५ हजार नगदसहित सम्मानित हुनुभएको आयोजकले जानकारी दिएको छ ।

Facebook Comments