२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कांग्रेसले आज संसदीय दलको नेता छान्न

फागुन १३, काठमाण्डौं ।
संसदीय दलको नेता छान्न नेपाली कांग्रेसको बैठक आज बस्दैछ । आईतबार बस्ने संसदीय दलको बैठकले दलको नेता छान्ने छ । शनिबार संसदीय दलको विधान पारित भएको छ ।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह आकांक्षी देखिनु भएको छ । २०५१ मा पार्टी पराजय हुँदा गिरिजाप्रसाद कोइराला आफैं संसदीय दलको नेता नबनी दोस्रो तहका नेतालाई अघि बढाएको उदाहरण दिँदै शशांकले अहिले पनि सभापतिले त्यसै गर्नुपर्ने तर्क गर्नु भएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । त्यसमा देउवाको बहुमत छ । सहमति हुन सक्ने नेदेखिएकाले चुानावबाट नेत ाचयन गर्ने तयारी भइरहेको नेपाली कांग्रेसका नेताहरुले जनाएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।