
नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भुलभुले खेल मैदानमा कार्तिक ८ गते प्रथम वडा कप नकाउट फुटबल प्रतियोगिता हुनेभएको छ । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा तमु समाज भुलभुलेले फुटबल प्रतियोगिता गर्न लागेको हो ।
३५ सय टिम दर्ता शुल्क तोकिएको फुटबल प्रतियोगितामा कार्तिक ६ गतेभित्र दर्ता गर्न सकिने कार्यक्रम संयोजक ईन्द्र बहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. ३० हजार र द्धितीय हुनेले नगद रु.१५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगीतामा वडा नम्बर २ भित्रका खेलाडीले मात्रै सहभागी जनाउन पाउनेछन् ।