२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रथम वडा कप नकआउट फुटबल प्रतियोगीताको उपाधी तमू समाज भुलभुलेलेलाई

प्रथम वडा कप नकआउट फुटबल प्रतियोगीताको उपाधी तमू समाज भुलभुलेलेलाई
सेयर गर्नुहोस्
०सेयर

नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित भुलभुले खेल मैदानमा भएको प्रथम वडा कप नकआउट फुटबल प्रतियोगीताको उपाधी तमू समाज भुलभुलेले जित्न सफल भएको छ ।

कार्तिक ८ गतदेखि सुरु भएकोे प्रतियोगीतामा तमू समाज भुलभुले बि लाई पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले हराउँदै तमू समाज भुलभुलेले उपाधी जितेको हो । जितसँगै तमु समाज भुलभुलेले नगद ३० हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । भने उपविजेता बनेको तमू समाज भुलभुले बि ले नगद १५ हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

कार्यक्रम संयोजक ईन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला खेलकूद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्य तथा वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङको विशेष आतिथ्य रहेको थियो ।

प्रतियोगीताको समापन समारोहलाई सम्बोधन गर्नुहँदै कार्यक्रमका प्रमुख अतिथि एवंम जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले खेलाडीको वृतिविकासका लागि सदैव लाग्ने बताउनुभयो । साथै प्रदेशसँग समन्वय गर्दै खेल मैदानको स्तरउन्नतीको लागि पनि काम गर्ने बताउनुभयो ।

तस्बिर सबै प्रशान्त गुरुङ

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।