
धादिङको बेनिघाट–रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा भेटिएको शव कलाकार तथा सञ्चारकर्मी प्रकाश ढकालको रहेको पुष्टी भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ बस्ने ढकालको शव आइतबार साँझ साढे ५ बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालले जानकारी दिनुभयो ।
त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो। शव खोँचमा भेटिएकाले राती निकाल्न असम्भव भएपछि सोमबार विहान निकालेर मुचुल्का गरेर पोष्टमाटर्मको लागि काठमाण्डौं पठाईएको उहाँले बताउनुभयो ।
ढकाल स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आउनुभएको थियो । घटनाकोबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो । मिश्र आवाज