
धादिङका तमु समुदायले देउसी भैलो कार्यक्रमबाट ३ लाख भन्दा बढि रकम संकलन गर्न सफल भएको छ । “तपाई हाम्रो दान, धादिङबेसींमा तमू संग्राहलय निर्माण गर्न जग्गा खरिद गर्ने अभियान” भन्ने मुल नाराका साथ देउसी भैलो कार्यक्रम गरिएको धादिङबेसी तमू समाज धादिङका उपाध्यक्ष श्यामबहादुर गुरुङले जानकारी दिनुभयो ।
धादिङबेसीं तमू समाज, तमूस्यो ह्युला छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ, तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङ र नेपाल तमू(गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति धादिङले सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।
धादिङबेसीं स्थित पुछार बजार, बिचबजार, सिरानबजार, जरेबर लगायतका टोलहरुमा ४ दिन सम्म खेलिएको देउसीभैलो कार्यक्रमबाट ३ लाख २२ हजार १ सय ४६ रुपैयाँ रकम संकलन भएको उहाँले बताउनुभयो । लामो समय देखि धादिङबेसीमा तमू संग्रहालय निर्माणको लागि तयारी भईरहेको र देउसीभैलो कार्यक्रमबाट संकलित रकमले संग्राहलय निर्माणको लागि केही सहयोग पुग्ने उपाध्यक्ष श्यामबहादुर गुरुङले बताउनुभयो ।
धादिङमा रहेका गुरुङ जातिलाई एकतावद्ध गराउन र आफ्नो पहिचानको लागि जागरुक गर्दै अघि बढ्ने अभियानमा आफुहरु रहेको उहाँले बताउनुभयो । गुरुङ समुदायले केही कार्यक्रम गर्नका लागि पनि अरुको भर पर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै तत्काल जग्गा खरिदको लागि काम अघि बढाउने र विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, व्यक्ती तथा समुदायसँग समन्वय र सहकार्य गर्दै भवन निर्माणको काम पनि सुरु गरिने उहाँले बताउनुभयो ।
धादिङबेसीं तमु संग्रहालय निर्माणको लागि खेलिएको देउसी भैलो कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद समेत दिनुभयो । देउसीभैलोमा सबैभन्दा धेरै दान तमुस्यो ह्युला छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् जिल्ला कार्य समिति धादिङकी अध्यक्ष जमुना तमुस्योले गर्नुभएको छ । उहाँले २१ हजार ५ रुपैयाँ नगद दान गर्नुभएको होे ।
सहयोग गर्ने सहयोगीदाताहरुको नामावली :




