पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ९ स्थित नौ किलोमा माईक्रो बस र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसीईकल चालक गम्भीर घाईते बएको छन् ।

काठमाडौं जाँदै गरेको बा ४ ख ४५८५ नं को माईक्रो बस र बा ०२६ प ५४०४ नं को मोटरसाइकल बिहिबार बिहान करिब ८ बजे एक आपसमा ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाइते भएका हुन् । घाईतेलाई उपचारको लागि काठमाण्डौ लगिएको छ ।

घाइतेको पहिचान भने खुलेको छैन ।

Facebook Comments