२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अनलाईनमा आएको समाचार प्रति स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था धादिङद्वारा गम्भिर ध्यानाकर्षण

अनलाईनमा आएको समाचार प्रति स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था धादिङद्वारा गम्भिर ध्यानाकर्षण

दियोपोष्ट अनलाईनमा आएको समाचार प्रति स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था धादिङले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

अनलाईनले आज ‘धादिङमा सहकारीको आवरणमा घरजग्गा खाने गिरोह ः किर्ते गरेर करोडको जग्गा कब्जा’ शीर्षकमा प्रकाशित गरेको समाचारप्रति सहकारीले एक प्रेस विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कुनैपनि विवादित कुराहरुको समाचार बनाउदा दुवै पक्षको कुरा राख्नेसंचारको सर्वमान्य सिद्धान्तलाइ ख्यालै नगरी एकपक्षीय, कपोलकल्पित, भ्रामक तथा सहकारी र संचालकहरुलाई बदनाम गर्ने कुनियतका साथ प्रकाशित समाचारको हामी कडा शब्दमा भत्र्सना गर्दछौँ र समाचारको खण्डन गर्दछाँै संस्थाका महासचिव नवराज पाठकद्वारा हस्ताक्षरित पे्रस विज्ञप्तीमा उल्लेख छ ।

समाचार प्रकाशित गर्नुपुर्व सहकारीका संचालकहरु कसैसँग पनि यस विषयमा सोधपुछ नगरिएको र कार्यालयबाट समेत कुनै पनि जानकारी नलिएको सहकारीले जनाएको छ । समाचारमा सहकारीका वर्तमान अध्यक्ष रुद्र बहादुर खत्री, निवर्तमान अध्यक्ष प्रदीप अधिकारी र वडा अध्यक्ष गौतमहरि अधिकारीको फोटो समेत राखी जग्गा कब्जा गर्ने गिरोह शब्द उल्लेख गरिएको प्रति खेद ब्यक्त गरेको छ ।

सहकारीले आफ्नो निति नियममा रहेर लगानी गरेको ऋणको असुलीका लागि गरिएको नियमित प्रक्रियालाई अतिरन्जित गरी करोडको जग्गा कब्जा गरेको भन्ने आरोप निराधार रहेको, समाचारमा कुनैपनि सत्यता नरहेको र यस्तो भ्रममा नपर्न सबैमा अनुरोध समेत गरेको छ । साथै कर्तब्य पालनाको शिलशिलामा काम गर्नुभएका नेपाल सरकारका विभिन्न पद र ओहोदामा रहनुभएका कर्मचारीहरु र जनप्रतिनिधिहरुको समेत बदनाम हुने गरि गरिएको प्रचारप्रति सहकारी दुःख ब्यक्त गर्दछ ।

सहकारीले शेयर सदस्य मेघराज पोखरेलको ऋण र जग्गा लिलामको प्रकरणमा ११ बुँदे सहितको प्रस्टिकरण समेत दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।