२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

१० वर्षपछि रोमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

१० वर्षपछि रोमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

फागुन ३० –

च्याम्पियन्स लिगमा गएराति भएको खेलमा सख्तर डोनेस्कलाई अवे गोलका आधारमा हराउँदै इटालियन क्लब रोमाले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

घरेलु मैदानमा पहिलो लेगमा २–१ ले पराजित भएको रोमा घरेलु मैदानमा दोस्रो लेगमा १–० ले विजयी भयो । १० खेलाडीमा झरेको सख्तर विरुद्ध जित निकाल्ने क्रममा म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर इडेन जेकोको एकमात्र गोल निर्णायक बन्यो ।

दुई लेगमा दुवै टिमको २–२ गोल भएपछि रोमाले अवे गोलको फाइदा उठाउन सफल भयो । रोमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा २००८ पछि पहिलो पटक पुगेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५२ औं मिनेटमा रोमाका लागि जेकोले गोल गर्न सफल भए ।

एक गोलले पछि परेको सख्तर ७९ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । जेकोलाई लडाएका कारण सख्तरका इभान ओरडेट्स रातो कार्ड खाँदै मैदानबाट बाहिरीए । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र रोमाले क्वार्टरफाइनलमा स्थान बनायो ।

प्रतियोगितामा आज बार्सिलोना र चेल्सीबीच प्रतिस्पर्धा हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।